रसुवाबाट एमालेका पूर्वअध्यक्ष ढकालसहित नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश
२०८२ फागुन ७ गते

काठमाडौँ । रसुवाका नेकपा (एमाले)का पूर्वजिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापाले आज यहाँ आयोजित कार्यक्रममा उनिहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे ।
प्रवेश गर्नेहरुमा नेता–कार्यकर्ता, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ सङ्गठनका प्रतिनिधि छन् ।
त्यसैगरी आजै पूर्वमन्त्री रामवीर मानन्धर पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरे ।
उनले २०७४ सालमा निर्वाचित सांसदका रूपमा राजनीतिक अनुभव हासिल गरेका छन् भने यसअघि स्थानीय तहमा वडाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
२०८२ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित








