बजरंगीप्रसाद चौधरीद्वारा एमाले परित्याग
२०८२ फागुन ५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता बजरंगीप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका चौधरीले जेनजी आन्दोलनको मर्मअनुसार पार्टीले संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
उनले पार्टीभित्र आवश्यक सुधार र नवीन सोचको अभाव देखिएको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । चौधरी एमालेका महाधिवेशन प्रतिनिधि तथा क्षेत्र नम्बर १ निर्वाचन समिति सह–संयोजकसमेत रहेका थिए ।
उनको राजीनामापछि स्थानीय राजनीतिक वृत्तमा यसको प्रभावबारे चासो बढेको छ ।
२०८२ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








