ताप्लेजुङको कञ्चनजंघामा ४ म्याग्निच्युडको भूकम्प
२०८२ माघ २७ गते

काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । मंगलबार बिहान २ बजेर ४७ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्दछ । सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
२०८२ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित










