प्रचण्डद्वारा पूर्वप्रधानमन्त्री भट्टराईसँग भेट, समवेदना व्यक्त
२०८२ माघ २६ गते

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएपछि कोटेश्वरस्थित निवासमा किरिया बसेको स्थानमा पुगेर संयोजक प्रचण्डले बाबुराम भट्टराईसहित परिवारका सदस्यलाई भेट गरेका हुन् ।
भोजप्रसाद भट्टराईको माघ २२ गते निधन भएको थियो । सो अवसरमा संयोजक प्रचण्डले दिवंगत भोजप्रसादको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
संयोजक प्रचण्डको सचिवालयका अनुसार उनले दुःखको यस घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।
२०८२ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








