जापानमा मतदान जारी, प्रधानमन्त्री ताकाइचीको दलले भारी बहुमत ल्याउने प्रक्षेपण

टोकियो । जापानमा नयाँ सरकार चयनका लागि आइतबार तल्लो सदन (तल्लो सदन) को निर्वाचन भइरहेको छ । मुलुकभरका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्दै आगामी सत्ताको बागडोर कसलाई सुम्पने भन्ने निर्णय गर्दैछन् ।

यस निर्वाचनलाई विशेष गरी प्रधानमन्त्री ताकाइची सानाएको राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ। मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री सानाए नेतृत्वको सत्ताधारी गठबन्धन र विपक्षी दलहरूबीच रहेको छ । सानाए नेतृत्वको गठबन्धनले तल्लो सदनमा स्पष्ट बहुमत कायम राख्न सक्छ वा विपक्षी दलहरूले उनको पकड कमजोर पार्दै बहुमत प्राप्त गर्नबाट रोक्नेछन् भन्ने कुरा नै यस पटकको निर्वाचनको मुख्य केन्द्रविन्दु बनेको छ ।

सर्वेक्षणहरूले ताकाइचीको पार्टी लिबरल डेमोक्र्याटिक (एलडिपी)ले तल्लो सदनमा बहुमत कटाउने देखाएको छ । अघिल्लो प्रतिनिधि सभामा एलडिपीको १९८ सांसद थिए । ४६५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि २३३ सांसद आवश्यक हुन्छ ।

जापानका केही क्षेत्रहरूमा भइरहेको भारी हिमपातले मतदान प्रक्रियालाई चुनौतीपूर्ण बनाएको छ । अत्यधिक हिउँ परेका स्थानहरूमा मतदाता र निर्वाचन कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय निकायहरूले मतदान केन्द्रहरू ढिलो खोल्ने वा तोकिएको समयभन्दा अगावै बन्द गर्न सक्ने सम्भावना रहेको छ । आन्तरिक मामिला मन्त्रालयले मतदाताहरूलाई आ-आफ्नो क्षेत्रको मतदान केन्द्रको समय तालिकालगायतका विवरणहरू पूर्वजानकारी राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =