विष्णुप्रसाद भट्टलाई सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी
२०८२ माघ २१ गते

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् । उनको स्थानमा भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
२०८२ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








