पेट्रोल र एलपी ग्याँसको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरी डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोल र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् राखेको छ । आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि निगमले यसमा कुनै फेरबदल गरेको छैन ।

निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =