काँग्रेस सुध्रियो, अल्मलिएको काँग्रेसको विरासत हामी बोक्दैनौँ : देवराज चालिसे

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँगसँगै लिएर निर्वाचनमा होमिने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । चालिसेले पार्टीको नीति र शैली पूर्ण रूपमा परिवर्तन भइसकेको उल्लेख गर्दै नयाँ जोशका साथ मुलुकको निर्माणमा लाग्ने बताए ।

अबको काँग्रेसले यो बीचमा अल्मलिएको अवस्थामा रहेको काँग्रेसको विरासतलाई नबोक्ने उनको जिकिर छ । उनले पार्टी अल्मलिएको अवस्थामा रहेको अवस्थाको विरासत समेत आफूहरू नबोक्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले काँग्रेस बद्लिसकेको छ । यसको सोच, शैली र सबै प्रक्रिया नै फेरिएको छ । युवाहरूमा नयाँ जोश आएको छ । काँग्रेस बदलिएको मात्र होइन । नयाँ अठोट र नीतिका साथ काँग्रेस आएको छ । हाम्रो गौरवपूर्ण इतिहास पनि छ, भरपर्दो भविष्य पनि छ । यही भिजन लिएर अहिले हामी चुनावमा जाँदैछौँ । बिचको काँग्रेसको विरासत हामी बोक्दैनौँ, जुन अल्मलिएको अवस्थामा थियो । अब हामी नवीनता बोकेर आएका छौँ । सुध्रिएर आएका छौँ । बिचको विरासतको जबाफदेही हामी छैनौँ । त्यो बिर्सन चाहान्छौँ, अब त्यसको पुनरावृत्ति हुँदैन । २००७ सालमा वीपीले दिएको योगदानसँग अबको काँग्रेस जोड्न चाहन्छौँ ।’

उनले पार्टीलाई हरेक वर्ग र समुदायको बनाएर यही भावका साथ अघि बढ्ने चालिसेको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =