खोलामा माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता
२०८२ माघ ११ गते

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भीमाद नगरपालिका–५ आँमडाँडा तुतुवाका ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । जाल हान्ने क्रममा चिप्लिएर उनी भुमरीमा परी बेपत्ता भएका थिए ।
स्थानीयले खोजतलास गर्दा फेला पार्न नसकेको प्रहरीमा जानकारी प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय भीमादबाट प्रहरी टोली खटिएको उनले बताए ।
२०८२ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








