काठमाडौं–१० की उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं । काठमाडौं–१० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज गरिएको छ ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्ने उजुरी परेपछि छानबिन गर्दा उक्त तथ्य प्रमाणित भएकाले उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । ‘उहाँ कालोसूचीमा रहेको उजुरी आएपछि छानबिन गर्दा प्रमाणित भएको हो,’ उनले भने ।

सुमित्रा बस्नेत मितेरी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी थिइन् ।

कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था अनुसार उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =