कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार, भोलि मनोनयन

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङ भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम छ ।

चुनाव लड्नका लागि घिसिङले यसअघि मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उनले आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारी थालेका हुन् ।

उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र उम्मेदवार छनोटको काम तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =