सल्यानमा नेकपाबाट रमेश मल्ल उम्मेदवार, प्रकाश ज्वालाले पाएनन् टिकट
२०८२ माघ ५ गते

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा रमेश मल्ललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ । सोही निर्वाचनका लागि नेकपाले मल्ललाई उम्मेदवारी दिने निर्णय गरेको हो ।
मल्ल यसअघि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत थिए ।
यस क्षेत्रमा यसअघि निर्वाचित नेकपा नेता प्रकाश ज्वालाले भने यसपटक टिकट पाएका छैनन् । ज्वाला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
टिकट नपाएपछि ज्वालाले पार्टीको निर्णय स्वीकार गरेको बताएका छन् । ‘सल्लाहमै यसपालि रमेशजीलाई उम्मेदवार बनाउने भन्ने भयो, म उम्मेदवार नहुने भएँ । मैले समर्थन गरेको छु,’ ज्वालाले भने ।
२०८२ माघ ५ गते
प्रतिक्रिया








