खेलकुद मन्त्रीबाट राजीनामा दिँदै बब्लु गुप्ता
२०८२ माघ ५ गते

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिने भएका छन् ।
कात्तिक ९ गते मन्त्री नियुक्त भएका गुप्ताले निर्वाचन लड्नका लागि मन्त्रीबाट राजीनामा दिन लागेका उनका स्वकीय सचिव विनोद रिमालले मकालुखबरलाई जानकारी दिए ।
आज मात्रै रास्वपा नेता बालेनसँगै देखिएका गुप्ताले आज वा भोलीसम्म राजीनामा बुझाउने तयारी गरेका छन् ।
उनका अनुसार गुप्ताले रास्वपाको उम्मेदवार बनेर सिराहाबाट चुनाव लड्ने तयारी गरेका छन् । तर, उनलाई पार्टीले टिकट दिइसकेको भने छैन ।
यसअघि गुप्ताको अमेरिका भ्रमणको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । प्रधानमन्त्री सुशीला कार्की समेत गुप्ताप्रति असन्तुष्ट रहेको बताइएको छ ।
२०८२ माघ ५ गते
प्रतिक्रिया








