मास्कीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा
२०८२ माघ ४ गते

तुलसीपुर । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबाट राजीनामा दिएका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन मास्कीले आज प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले चुनावमा भाग लिनका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको मास्कीले बताए ।
यसअघि उहाँ दाङ ३(२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनि नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय आयोजक कमिटी सदस्य हुन् ।
२०८२ माघ ४ गते
प्रतिक्रिया








