राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
२०८२ माघ ४ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नाका साथै ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नाका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
तेह्रौँँ किन्डर ओलम्पिक पुसको १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ ।
उक्त ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ ।
२०८२ माघ ४ गते
प्रतिक्रिया








