दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।
आयोगले कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर प्रसाईंले भ्रामक सूचना फैलाएको ठहर गर्दै प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरो लाई आइतबार पत्र पठाएर अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो ।
आयोगका अनुसार प्रसाईंले निर्वाचन आयोगलाई पैसा बुझाएर कुनै दलले आधिकारिकता प्राप्त गरेको भन्ने आशयका दाबी गर्दै सार्वजनिक रूपमा भ्रामक सूचना प्रवाह गरेका छन् । यस्ता अभिव्यक्तिले निर्वाचन प्रणाली र आयोगको निष्पक्षतामाथि शंका उत्पन्न गराउने भन्दै आयोगले गम्भीर चासो व्यक्त गरेको छ ।
निर्वाचन आयोगले आफू संवैधानिक निकाय भएको उल्लेख गर्दै आधारहीन आरोप तथा गलत सूचना फैलाउने कार्य कानूनविपरीत हुने स्पष्ट पारेको छ । सोही कारण साइबर माध्यम प्रयोग गरी फैलाइएका भनाइ र सामग्रीबारे आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही अघि बढाउन साइबर ब्युरोलाई निर्देशन दिइएको आयोगको भनाइ छ ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357








