शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

काठमाडौं । शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
आइतबार सिंहदरबारमा बसेको चालु अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेको सकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराए ।
साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उहाँको निधनमा एक मिनेट मौनधारण समेत ग¥यो । शोक प्रस्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =