बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति दिइने
२०८२ माघ ३ गते

काठमाडौँ । गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।
ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१ गुरुङ बस्तिका ५ जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल ब्यवसायीले रु ११ लाख र गाउँपालिकाले रु एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।
क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज शव बुझ्ने सहमति भएको छ । प्रतिमृतक रु १२ लाख प्रदान गर्ने सहमति भएको हो ।
२०८२ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









