महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना

महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि महोत्तरीमा आज चार निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जलेश्वर निर्वाचन क्षेत्र नं ३ मा पर्दछ । जलेश्वरको वडा नं २ मा अवस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय बर्दिबास नगरपालिका–३ स्थित बर्दिबास उद्योग वाणिज्य सङ्घमा स्थापना गरिएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नं ३ का लागि जिल्लाको बलवा नगरपालिका–७ स्थित आधारभूत अस्पतालको कार्यालय बनौटामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं ४ का लागि जिल्लाको रामगोपालपुर नगरपालिका–५ मा अवस्थित श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी झाले बताए ।

जिल्लाको निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित चार वटै सुरक्षा निकायसहित सञ्चारकर्मीको उपस्थिति थियो ।

आसन्न निर्वाचनका लागि जिल्लामा २५८ मतदान स्थल, ५३६ मतदान केन्द्र र चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =