महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति विघटन गर्न पाउँछ: पुष्पा भुसाल

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी गरेकी छन् ।
आधिकारिकता सम्बन्धी जानकारी दिनका लागि शुक्रवार निर्वाचन आयोगमा पुगेकी उनले काँग्रेसमा विवादको भन्दा विधानको विषयवस्तु महत्त्वपूर्ण भएको बताएकी हुन् ।
उनले विधानको प्रक्रियालाई नै अनुसरण गरेर विशेष महाधिवेशन गरिएको दाबी गरे । उनले काँग्रेसको विधानले महाधिवेशन प्रतिनिधिलाई शक्तिशाली बनाएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति विघटन गर्न पाउने बताइन् । उनले आयोगलाई नेपाली काँग्रेसको विशेष महाधिवेशन प्रक्रियाअनुसार भएको छ कि छैन भनेर हेर्न मात्रै आग्रह गरे ।
उनले भने ‘अहिले जुन कुराहरू अगाडी आइरहेको छ । हामीलाई लाग्छ, यो कुनै विवादको विषयवस्तु हुँदै होइन । यो विधानको विषयवस्तु हो । विधानको प्रक्रियालाई अनुसरण गरेर नेपाली काँग्रेसले आफ्नो विधिवत् ढंगबाट विशेष अधिवेशन गयो कि गरेन । त्यो प्रश्न चाहिँ अहं विषयवस्तु हो । हाम्रो विधानले हाम्रो महाधिवेशन प्रतिनिधिलाई सार्वभौम शक्तिशाली संस्थाको रूपमा स्वीकार गरेको छ, हाम्रो विधानले । त्यो विधानभन्दा माथि कोही पनि छैन, नेतृत्व पनि छैन । महाधिवेशनभन्दा माथि न हाम्रो महासमिति छ, नत केन्द्रीय समिति छ, न केन्द्रीय कार्यसम्पादन समिति छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनबाटै केन्द्रीय कार्य समितिको चयन हुन्छ । महाधिवेशन प्रतिनिधिको प्राकृतिक न्यायको सिद्धान्तअनुसार जसले जन्म दिन्छ, उसले विघटन पनि गर्न पाउँछ । यो सर्वमान्य सिद्धान्त हो, यसलाई सबैले स्वीर्कान पर्छ ।’
उनले महाधिवेशन प्रतिनिधि भन्दा माथि नेतृत्व, कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमिति वा महासमिति कोही पनि नहुने बताइन् ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=102' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









