काँग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले विशेष महाधिवेशन बनेर पार्टीको विधानलाई लत्त्याएर सडकबाट बहुमत पुर्याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहोर्याउने प्रपञ्च रचिएको जिकिर समेत गरे । उनले काँग्रेस विभाजन मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको भन्दै यस्तो अवस्था आएकोमा आफू चकित भएको समेत बताए ।
अध्यक्ष ओलीले शान्ति, सुशासन र मुलुकको डेमोक्रेसीका लागि सानातिना असन्तुष्टिलाई थाँती राखेर एकताबद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई समेत सचेत गराए ।
उनले भने ‘विशेष महाधिवेशन किन भनेको रु नेपाली काँग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको रु ४, ५ वर्ष कार्यकाल सकिएर महाधिवेशनको मिति तोकिएको थियो । कसले बोलाउने भन्ने पनि त थिति होला नि । बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि । बहुमत, अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि । कसैले सडकमा बहुमत पुयाए भनेर भनेको भरमा बहुमत पुग्यो कि पुगेन ? डेमोक्रेसीलाई अराजकतातर्फ, समाजलाई अराजकतातर्फ लैजान खोजियो । त्यसरकारण न्याय निरूपण गर्ने संस्थाहरू । यो डेमोक्रेसीसँग सम्बन्धित विषय हो, कानुनी राजसँग सम्बन्धित विषय हो । त्यसकारण म भनिराखेको छु । नेपाली काँग्रेस विभाजनकोस्थितिमा पुग्नु दुखद कुरा हो नेपालको डेमोक्रेसीका लागि । नेपाली काँग्रेसका नेताहरू जानीबुझी यो सब काम किन गरिरहेका छन् ? म आश्चर्य चकित भएको छु । हामी चिन्तित छौ नेपाली काँग्रेस यस्तो बेलामा जतिबेला डेमोक्रेसी कुल्चिएको छ, मिचिएको छ । प्रणाली घायल बनाइएको छ । संविधान मिचिएको छ । यस्तो बेलामा यसका निम्ति लड्नुपर्ने नेपाली काँग्रेस अनावश्यक आपसी लडाई गरेर पार्टी फुट्ने, फुटाउने स्थितिमा पुगेको छ । नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूलाई चिन्ता हुनुपर्ने विषय होइन यो रु कसले गराउँदै छ यी काम । किन हुँदैछन यस्ता कुरा । म एमालेका साथीहरूलाई भन्न चाहन्छु कुनै सानातिना असन्तुष्टि मनमा छन् भने छोडिदिनुस् । अहिले असन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँड्ने बेला होइन, अहिले देशका लागि लड्ने बेला हो । डेमोक्रेसीका लागि लड्ने बेला हो । यतिबेला हामीले सानातिना कुरा मन राखेर चित्त बुखाएर असन्तुष्ट भएर होइन, दिल खोलेर हामी देशका लागि लड्ने, जनताका लागि लड्ने, लोकतन्त्रका लागि लड्ने, शान्ति, सुशासन र विकासका लागि लड्ने पार्टी सबै कुरा छोडेर यसका निम्ति लड्छौ । अहिले शान्ति, संविधान लोकतन्त्रका लागि लडौँ ।’
अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रको लागि आफूहरूले एकताबद्ध भएर लड्नुपर्ने अवस्था आएको बताए ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









