काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उनले राजीनामा बुझाएको महानगरपालिकाको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाइए पनि स्वीकृति भने बाँकी छ । स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन्द्र शाह (बालेन) समक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ ।

स्रोतका अनुसार मेयर शाहले पाण्डेलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेका छन् । पाण्डेले पनि मेयर शाहसँगै राजीनामा दिने योजना बनाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =