विश्वविद्यालयमा २५ प्राध्यापकसहित ४० जनाको जागिर खुल्यो

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयका लागि ३ जना सह–प्राध्यापक, २२ जना उपप्राध्यापक सहित ४० जनाका लागि जागिर खुलेको छ । शुक्रबार राजर्षिजनक विश्वविद्यालय सेवा आयोगको कार्यालयले विज्ञापन सूचना प्रकाशन गर्दै १५ जना प्रशासनिक कर्मचारी र २५ जना प्राध्यापकका लागि विज्ञापन माग गरेको छ ।

प्राध्यापन सेवा (शिक्षक) तथा प्रशासन सेवा (कर्मचारी) का लागि खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने सूचनामा उल्लेख छ । प्रतियोगितामा भाग लिने योग्यता पुगेका नेपाली नागरिकले आजको मिति देखि मिति २०८२–११–०७ गतेसम्म र दोब्बर दस्तुर तिरेर मिति २०८२–११–१४ गतेसम्म आवेदन दिन सक्ने छ ।

सह प्राध्यापक पदका लागि ५० वर्ष उमेर, उपप्राध्यापक पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्ने जनाएको छ । प्रशासन सेवा अधिकृत र सहायक स्तरको पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर विश्वविद्यालयको करार र कोर्स करार सेवामा रहेका बहालवाला शिक्षक तथा अस्थायी वा करारमा कार्यरत बहालवाला कर्मचारीलाई उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =