३३ किलो सुन काण्डका सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ
२०८२ माघ १ गते

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो ।
सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे)लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए ।
२०८२ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित









