नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच ४ बुँदे सहमति

काठमाडौँ । नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न सङ्घर्ष गर्ने सहमति भएको छ ।

बिहीबार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए । हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासिक सहमति भएको दाबी गरे ।

उनकाअनुसार अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेन–जी विद्रोहका माग पूरा गर्न सङ्घर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो ।

उनले आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =