गगन थापा नेतृत्वको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वमा नयाँ केन्द्रिय कार्यसमितिको पहिलो बैठक सुरु भएको छ ।

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा जारी रहेको हो । बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न काँग्रेस विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति गठन गरेको थियो ।

विशेष महाधिवेशनपछि पार्टीमा विभाजनको स्थिति सिर्जना भएको अवस्थामा यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ ।

बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =