पार्टी फुटेको छैन, निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिन्छ : राणा

काठमाडौं । नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताएका छन् ।

बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् ।

उनले नीति र नेतृत्व परिवर्तन गर्ने उद्देश्यले विशेष महाधिवेशन गरिएको भएपनि संस्थापन पक्षसँग नेतृत्वका विषयमा महाधिवेशन प्रतिनिधिहरुले लचकता देखाएपनि परिवर्तको उहाँहरुले खारेज गरिदिएको टिप्पणी गरे ।

उनले आउँदो निर्वाचनमा सबै वर्गको माग र मुद्दाहरु बोकेर जनतामाझ जानुपर्ने आवश्यकताको आधारमा विशेष महाधिवेशन आयोजना गरिएको बताए ।

उनले विशेष महाधिवेशनले चयन गर्ने नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै पार्टीमा देखिएका सबै समस्याहरु हल हुने जिकिर पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 19 =