काँग्रेस विशेष महाधिवेशन पक्षको अडान- नयाँ नीति र नेतृत्व चयन हुन्छ

काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरूले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् ।
मङ्गलवार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो ।
नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरू यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समितिका संयोजक सुवाष पोखरेलले बताए । उनले संस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरिएको पनि स्पष्ट पारे ।
संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरे । उनले संस्थापन पक्षसँग संवाद जारी रहेपनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अव नरोकिने दोहोर्याए ।
संयोजक पोखरेलले भने ‘कार्यतालिका आयो निर्वाचनको । कता भागबण्डाको कुरा भयो । कार्यतालिका आइसकेपछि यहाँ सबै पदाधिकारीहरूको निर्वाचन हुन्छ । निर्वाचन भएपछि हामी हण्ड्रट पर्सेन्ट हो । कताको भागबण्डा लिने रु हाम्रो क्लियर कुरा यही हो । नामावली सबैको प्रकाशन गर्छौ । सबै उहाँहरू मतदाता हो । स्वयम शेरबहादुर जी, सभापतिजीलाई इच्छा भए सभापतिका लागि नोमिनेशन गर्न पनि हामी आमन्त्रण गर्दछौ । एउटै पार्टी हो संवाद हुन्छ । हाम्रो एजेन्डालाई संवादले सम्बोधन गर्छ भने हामी किन निर्वाचनमा जाने रु हामी संवादका विरोधी होइनौँ । नेतृत्वसँग हामीले पहिले देखिनै संवाद गरिरहेका छौँ । गरेका पनि हौ । अव अब फेरि गर्छौँ । संवाद यहाँ निर्णय सँगसँगै हुन्छ । त्यो सम्वादले यसलाई रोक्दैन । हाम्रो प्रक्रियालाई सम्वादले रोकिँदैन । संवादको प्रक्रियालाई हलले आत्मासात नगरी हुँदैन । त आत्मासाथ गर्न हलको म्यान्डेट चाहियो । हाम्रा साथीहरूको जानुभएको छ । त्यो पनि यहाँ ल्याएर सुनाउने हो । हलले समर्थन दियो, त्यो पास भयो । हलले हुँदैन भन्यो, त्यो हुँदैन हो । प्रस्ट हुनुहोस्–यसपालि काँग्रेस पार्टी नीति र नेतृत्व बदलेर यहाँबाट जान्छ । कुरा यति नै हो ।’
यता संस्थापन पक्षले भने विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएको छ ।









