पार्टी विभाजन हुन नदिन लागिपरेका छौँ: दिलेन्द्रप्रसाद बडू

काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताएका छन् ।

सोमवार बिहान नेता डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको बताए । महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर आफूहरू अघि बढ्ने निर्णयमा पुगेको पनि जानकारी दिए ।

पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरूले मुद्दा उठाउँदै आएको बताए । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने ‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरूसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौँ । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढङ्गले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोइरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नुभएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔँ ।’

उनले पार्टीलाई विभाजनको जोखिमबाट बचाउन डा। कोइरालाले दुवै पक्षका नेताहरूसँग संवाद गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =