सुनको मूल्य प्रतितोला २ लाख ७० हजार नाघ्यो
२०८२ पुस २७ गते

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
२०८२ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित









