‘सिधुवा बजार’ दुःखद इतिहाससँगै नयाँ पर्यटनको परिचय (तस्बिरहरू)

काठमाडौँ । ‘सिधुवा बजार’ दुःखद इतिहाससँगै नयाँ पर्यटनको परिचय बन्दै गएको छ ।

करिब १० वर्षअघि यहाँ भएको बस दुर्घटनामा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । जसमा पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा पनि समावेश थिए । सो दुखद घटनापछि अहिले सिधुवा बजारले आन्तरिक पर्यटनमा नयाँ पहिचान बनाइसकेको छ ।

हाल दुर्घटना स्थलमा हरिराज खेवा स्मृति प्रतिष्ठानले भवन निर्माण गरेको छ भने यूथ फर चेन्ज लगायतका स्थानीय संस्थाहरूले सडक किनारमा रङ्गिन नेपाली झण्डा राखेर स्थानलाई थप आकर्षक बनाएका छन् ।

यहाँको सधैँ चर्चा हुने मुख्य आकर्षण भनेको ‘सेल्फी जोन’ हो । पर्यटकहरूले यहाँ फोटो खिच्ने, टिकटक र भ्लग बनाउन रुचाउँछन् । घुम्तीको उकालो–ओरालो सडक र सानो पार्किङले गर्दा यहाँ जोखिम भने बढेको देखिन्छ ।

अहिले सामाजिक सञ्जालमा पनि यो विषयमा बहस भइरहेको छ । विज्ञहरूले घुम्ती सुरु हुनु १०० मिटर अघि/पछि चेतावनी बोर्ड, जस्तै- ‘Crowded Road Ahead – Slow Down’, ‘Selfie Zone – Slow Down’, राखेर स्थानको व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

तस्बिर स्रोत: फेसबुक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =