नेकपा सुसंस्कृत मानिसहरूको पार्टी हो, अरू समाप्त होउन् भन्ने सोच छैनः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरुको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताएका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता उनले यस्तो बताएका हुन् ।

उनले मंगलवारको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे केन्द्रित रहेको भन्दै मतभारको आधारमा अन्य दलहरुसँग सहकार्य हुने संकेत गरे ।

उनले पार्टीले आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेको भन्दै कसैसँग पनि डराउनुपर्ने अवस्था नरहेको बताए । सबै राजनीतिक शक्ति र व्यक्तिले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा उनको जोड छ । ‘हामी कसैप्रति पनि नकारात्मक टिप्पणी गर्दैनौँ । नेपाली संस्कृति पार्टीको संस्कार नै सुसंस्कृत छ । त्यसो भएको हुनाले हामी अरुको पदख्वाइँ गर्ने, निन्दा गर्ने, अरु सबै सिद्धिउन् भन्ने खालको सोच पनि राख्दैनौँ । हामी फराकिलो हृदय भएका मानिसहरु हौँ । नयाँ सबै देखिसकिएका छन्, हामीले नै जन्माएका सन्तान त हुन् नी । अनि किन डराउने ? आफूले गल्ती गरेको छ भने डराउने हो । विचारमा, सिद्धान्तमा, काममा देखिएकै छन् । त्यसकारण हामीले आफ्नो समय देश र जनताको समर्पित गरेका छौँ । र सबैले देश र जनतालाई केन्द्रबिन्दुमा राखुन् भन्ने चाहन्छौँ’ उनले भने ।

उनले जनताको भलाईको निम्ति आफूहरु राजनीतिक अभियानमा जुटेको पनि दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =