काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग

काठमाडौं । सडक विभागका वातावरण निरीक्षक मनोज अर्यालले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायात क्षेत्रबाट निस्कने धुवाँधुलो मात्र नभएको बताएका छन् ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्था सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले चैत–वैशाखतिर प्रदुषण अत्यधिक बढ्दा र प्रदूषण न्युन हुँदा पनि यातायातका साधनको संख्या उस्तै रहने तथ्यले यातायात मात्रै मुख्य कारक नभएको देखाएको जिकिर गरे ।

उनले वायु प्रदूषणमा यातायातको भुमिका भए पनि उपत्यकामा बढ्दो प्रदुषणको सम्पूर्ण दोष यातायात क्षेत्रलाई मात्र दिनु उचित हुने जिकिर गरे ।

उनले यातायातको माध्यमबाट हुने प्रदूषण नियन्त्रण गर्न कर तथा भन्सार नीतिको पुनरावलोकन गरी विद्युतीय सवारी (ईभी)लाई प्रोत्साहन गरिएको समेत बताए ।

उनकाअनुसार गत आर्थिक वर्षमा सवारी आयातमध्ये दुई तिहाइभन्दा बढी विद्युतीय सवारी रहेका छन् ।

नेपाल सरकार र चीन सरकारबीच छलफल भई चीन सरकारले १ सय विद्युतीय बस उपलब्ध गराउने प्रतिवद्धता जनाएको र हाल काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालनमा रहेको अर्यालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =