अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारप्रति एमालेको आपत्ति

काठमााडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारकोप्रति आपत्ति जनाएको छ ।

एमालेको मंगलवार बसेको सचिवालय बैठकले हालै अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसंघको वडा पत्रको उल्लंघन हुने कुनै पनि कार्य नगर्न आग्रह गरेको हो ।

एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको बताए । स्थायी विश्व शान्तिको पक्षमा नेपाल रहेको उल्लेख गर्दै उनले सबै राष्ट्रहरू एउटै मूल्य र मान्यताका आधारमा अघि बढ्न एमालेले आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।

सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्नेमा एमाले स्पष्ट रहेको उनले बताए । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हालै अमेरिकाले शैन्य पक्राउ गरी अमेरिकी अदालतमा पेश गरेको छ । उक्त घटनाप्रति एमालेले विरोध जनाएको हो । एमालेले अन्तर्राष्ट्रिय समुदायलाई विश्व व्यवस्थातर्फ फर्कन आह्वान समेत गरेको छ ।

उनले भने, ‘हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा छौँ । हामी एउटा मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसंघको वडा पत्रका आधारमा चल्नुपर्छ । मुलुकको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ । अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापी स्वीकार्य हुन सक्दैन । यस्तो घटनाको हामी विरोध गर्दछौँ । विश्व व्यवस्थातर्फ फर्कन हामी आह्वान गर्दछौँ ।’

एमालेले जनकपुर र वीरगन्जमा भएको सामाजिक सदभाव खलबलाउने घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । द्वन्द्व भड्काउने काम नगर्न र सामाजिक सद्भाव कायम राख्न एमालेले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =