अन्तरिम सरकारले पनि पुरानै पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्‍योः सर्वेन्द्र खनाल

काठमाडौं । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार स्वयं र राजनीतिक दलहरुले जेनजी युवा पुस्तालाई विभाजित पार्ने काम गरिरहेको बताए ।

अध्यक्ष खनालले जेनजी विद्रोहले उठाएका मागहरूलाई संस्थागत गर्ने विषयमा सरकार तथा राजनीतिक शक्तिहरुले कुनै चासो नदिएको आरोप पनि लगाए ।

उनले अगामी निर्वाचनमार्फत नयाँ भनिएका राजनीतिक समूहहरूलाई समेत समेटेर समुन्नत नेपालको यात्रा तय गर्ने आफ्नो प्रयास रहेको पनि बताए ।

उनले मुलुकमा बाहिरबाट आयात गरिएका राजनीतिक वादहरू आवश्यक नरहेको स्पष्ट पार्दै पुँजीवाद, साम्यवाद वा संविधानमा उल्लेखित समाजवादउन्मुख अवधारणाको व्यावहारिक कार्यान्वयन नदेखिएको टिप्पणी गरे ।

उनले विकासका कामहरू तिब्र गतिमा अघि बढाएर समुन्नत राष्ट्र निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =