भक्तपुर-२ : महेश बस्नेत सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले) ले पार्टी सचिव महेश बस्नेतलाई अघि सार्ने निर्णय गरेको छ । आइतबार राति सम्पन्न पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले बस्नेतको नाम ‘एकल र सर्वसम्मत’ उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

उक्त क्षेत्रमा बस्नेतका साथै अनुभवी नेता राजेन्द्र राजथला र युवा नेता अनिल श्रेष्ठले पनि उम्मेदवारीको दाबी प्रस्तुत गरेका थिए । तर, पार्टीको जित सुनिश्चित गर्न र सिफारिस प्रक्रियालाई सहज बनाउन भन्दै दुवै नेताले आफ्नो दाबी फिर्ता लिएपछि बस्नेतको नाममा सर्वसम्मति जुटेको हो ।

निर्णय लगत्तै पूर्वमन्त्री समेत रहेका बस्नेतले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश लेख्दै दाबी छाड्ने सहकर्मीहरूप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘मेरो नाम सर्वसम्मत एकल उम्मेदवार सिफारिसको प्रक्रियालाई सहज बनाउन दाबेदारी त्याग गर्नुहुने अनुभवी नेता राजेन्द्र राजथला तथा ऊर्जाशील युवा नेता अनिल श्रेष्ठप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =