जुरीखेतमा जिप खस्योः ९ जना घाइते, ७ को अवस्था गम्भीर

काठमाडौं । काठमाडौं–हेटौंडा छोटो राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको हो । जिपमा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक गरी ९ जना सवार थिए ।

प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर छ भने एक बालक र एक बालिकाको अवस्था मध्यम रहेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले घटनास्थलबाटै सबै घाइतेलाई उद्धार गरी थप उपचारका लागि हेटौंडा पठाएको छ ।

घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =