निर्वाचन आयोगद्वारा संवैधानिक आयोगहरुसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले संवैधानिक आयोगका प्रमुखहरुसँग छलफल गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन आयोगले आईतवार संवैधानिक आयोगहरुसँग छलफल गरेको हो ।

निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन संवैधानिक आयोगहरूको सक्रिय सहयोगको आवश्यकता महशुस गरेर छलफलमा बोलाएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जानकारी दिए ।

समानुपातिक समावेशीताको सन्दर्भमा आदिवासी जनजाति, दलित लगायतका समुदाय पहिचान गर्न आयोगलाई अन्योल हुने गरेकोले त्यसमा सहयोग गर्न आयोगले आग्रह गरेको उनले बताए ।

समानुपातिक समावेशीता लागू गर्दा वैवाहिक आधार वा जन्मसिद्ध आधार कुनलाई मान्यता दिने भन्ने विषयमा छलफल भएको पनि उहाँले जानकारी दिए । छलफलका क्रममा सबैको निष्कर्ष जन्मसिद्ध अधिकारलाई नै मान्यता दिनुपर्छ भन्ने रहेको उनले बताए ।

वैवाहिक आधार परिवर्तनशील हुने भएकाले त्यसलाई आधार बनाउनु उपयुक्त नहुने सुझाव आफूहरुले दिएको उनको भनाई छ ।

उनले आदिवासी जनजाति समुदायका धेरै नागरिकले खस नेपाली भाषा नबुझ्ने भएकाले निर्वाचन प्रचारप्रसार मातृभाषामै गर्नुपर्ने सुझाव पनि दिएको बताए ।

उनले निर्वाचनलाई कम खर्चिलो बनाउन पनि आयोगलाई सुझाव दिएको जानकारी दिए । आयोगले सबै राजनितिक दलका उम्मेद्वारहरुलाई बोलाएर उनीहरुको घोषणापत्रको बारेमा बहस गराई जनतामाझ लैजाने व्यवस्था गर्न सुझाव दिएको बताए ।

मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायलाई निर्वाचनमा सक्रिय सहभागिता गराउन मुस्लिम आयोगले महत्वपूर्ण भुमिका खेल्ने बताए । मुस्लिम समुदायलाई निर्वाचनबारे सचेत गराउन मस्जिद र जुमाको नमाजलाई माध्यम बनाइने उनको भनाई छ ।

हरेक शुक्रवार जुमाको नमाजमा सहभागी मुस्लिम समुदायलाई इमाममार्फत निर्वाचनको आवश्यकता, महत्व र सहभागिताबारे सचेत गराइने उनले जानकारी दिए । मुस्लिम आयोगले आफ्नै किसिमको तयारी गरेर निर्वाचनलाई सहज, सरल र सफल बनाउन निर्वाचन आयोगलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि उनले बताए ।

आयोगसँगको छलफलका क्रममा संवैधानिक आयोगहरूले आ–आफ्नो क्षेत्रबाट निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नको ललागी सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । आयोगहरुले निर्वाचनको आयोगसँग समन्वय गरेर निर्वाचनको अनुगमन गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =