रास्वपा सचिवालय बैठक सुरु, रवि लामिछाने सहभागी
२०८२ पुस २० गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा आज केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
बैठकमा मुख्य रूपमा पार्टी समायोजन प्रक्रिया र आसन्न निर्वाचनसम्बन्धी विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
पछिल्लो समय विभिन्न व्यक्ति र समूहहरू रास्वपामा प्रवेश गर्ने क्रम बढेका बेला समायोजन प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भन्ने विषय महत्वपूर्ण एजेन्डा बनेको स्रोतले जनाएको छ ।
त्यसैगरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र उम्मेदवारी छनोट प्रक्रियासम्बन्धी पनि छलफल हुने अपेक्षा गरिएको छ ।
यो बैठक पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि जिम्मेवारीबाट अलग भएको लामो समयपछि फर्किएपछिको पहिलो केन्द्रीय सचिवालय बैठक हो ।

२०८२ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित









