दाङ २ बाट शंकर पोखरेल एकल सिफारिस

काठमाडौं । नेकपा (एमाले) बाट आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ दाङ क्षेत्र नम्बर २ मा पार्टी महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एक मात्र नाम केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।

बैठकमा अन्य कुनै नाममाथि छलफल नभएको र सर्वसम्मत रूपमा पोखरेललाई नै अगाडि सार्ने निर्णय भएको उनले बताए ।

दाङ क्षेत्र नम्बर २ एमाले महासचिव पोखरेलको गृह क्षेत्र हो ।

एमालेले आगामी निर्वाचनको तयारीस्वरूप देशभरका क्षेत्रबाट उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =