साँखु सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु
२०८२ पुस १९ गते

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए ।
मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ ।
मेलामा सालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेषगरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ ।
हेर्नुहोस् तस्बिरहरू:

२०८२ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित









