राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
२०८२ पुस १६ गते

गण्डकी । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
पोखराको पार्दीमा रहेको प्रदेश निर्वाचन कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । गण्डकी प्रदेशमा महिला र अन्य क्लस्टरतर्फ निर्वाचन हुने उनले जानकारी दिए । उनका अनुसार यही पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको छ ।
२०८२ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








