कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
२०८२ पुस १४ गते

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले घटेर २ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित









