रविलक्ष्मीलाई भेट्न डल्लु पुगे प्रचण्ड र नेपाल, गरे स्वास्थ्यलाभको कामना
२०८२ पुस ९ गते

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वले ‘जेनजी आन्दोलन’का क्रममा गम्भीर घाइते भएकी पार्टीका वरिष्ठ नेता झलनाथ खनालकी जीवनसंगिनी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल आज बिहानै नेता खनालको डल्लुस्थित निवासमा पुगी चित्रकारको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् । सो भेटका क्रममा दुवै नेताले चित्रकारको शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका थिए ।
गत साता मात्र भारतमा लामो उपचारपछि स्वदेश फर्किएकी चित्रकारको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । भेटका क्रममा नेता खनालले श्रीमती चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र चिकित्सकको निगरानीमा थप उपचार चलिरहेको जानकारी गराएका थिए ।
२०८२ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित









