कम्बोडियामा सीमा विवाद: १९ जनाको मृत्यु, हजारौं विस्थापित
२०८२ पुस ६ गते

एजेन्सी । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ ।
यो विवादको १५औँ दिन हो ।
कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिएको अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन् ।
सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुबै पक्षमा मानव क्षति भएको छ ।
कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार, अहिलेसम्म यो विवादका कारण पाँच लाख १० हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थलतर्फ विस्थापित भएका छन् ।
२०८२ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=65' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









