घट्यो सुनको मूल्य, आइतबार कतिमा हुँदैछ किनबेच ?
२०८२ पुस ६ गते

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित









