कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता
२०८२ पुस ३ गते

??????????????
काठमाडौँ । कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनल सम्झौता संग गरेको छ ।
यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने बताइएको छ ।
दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेल भन्छन् ‘यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ ।’
२०८२ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








