एनएमबि क्यापिटलद्वारा लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
मंसिर २९ गते एनएमबि बैंक लिमिटेड, बट्टार शाखाको सहकार्यमा विदुर नगरपालिका–नुवाकोटस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सोही दिन काठमाडौँको टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूका लागि यस्तै प्रकृतिको कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा मुख्य रूपमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । नुवाकोटमा आयोजित कार्यक्रममा एनएमबि क्यापिटलका कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपी प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले संयुक्त रूपमा सहजीकरण गरेका थिए ।
त्यसैगरी, टङ्गालमा आयोजित कार्यक्रममा स्किम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पूँजी बजारका आधारभूत अवधारणा, लगानीका विभिन्न पक्ष तथा बजारका गतिविधिहरूबारे जानकारी गराइएको थियो । साथै, कार्यक्रमपश्चात सहभागीहरूले राखेका जिज्ञासाहरूको पनि उत्तर दिइएको एनएमबि क्यापिटलले जनाएको छ ।









