सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय पुग्यो

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यले सोमबार पुनः नयाँ इतिहास रचेको छ । नेपाली बजारमा पहेँलो धातुको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड बनाउने क्रममा सोमबार एकैदिन प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च विन्दु कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ तय भएको छ । यो मूल्य नेपाली सुन बजारको इतिहासमै सर्वाधिक हो । यसअघि आइतबार मात्रै सुनको मूल्यले पुरानो रेकर्ड तोड्दै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँको उचाइ छोएको थियो ।

स्मरण रहोस्, यसअघि गत असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो, जसलाई आइतबार र सोमबारको लगातारको वृद्धिले पछि पारेको छ ।

यसैगरी, चाँदीको बजार भाउ पनि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर चाँदीको मूल्य ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । चाँदीले भने गत शुक्रबार प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =