संसद् भवन परिसरमा जलेका गाडी जस्ताका त्यस्तै (तस्बिरहरू)

काठमाडौँ। अहिले नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन)को खाली भागमा सयौँको सङ्ख्यामा जलेका गाडीहरू थुपारिएका छन् ।

ती गाडीहरू गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा उपत्यकाको विभिन्न स्थान, सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलाइएका थिए ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएसँगे असोजको अन्तिम सातादेखि सिंहदरबार सहितका स्थानबाट जलेका ती सवारीसाधन सम्मेलन केन्द्रको खाली भूभागमा राख्न सुरु गरिएको हो ।

२०६४ सालको संविधानसभाको निर्वाचन भएपछि सङ्घीय संसद् सचिवालयले सम्मेलन केन्द्र भाडामा लिएर प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालन गर्दै आएको थियो ।

जेनजी प्रदर्शनको क्रममा यो सम्मेलन केन्द्र समेत जलाएर ध्वस्त पारिएको छ ।

तस्बिरहरू :-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =